धितोपत्र बोर्ड अध्यक्षमा पाँच संक्षिप्त सुचीमा को -को छन् ?

Prabhu

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको लागिमा आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम छनौट ‘सर्टलिस्ट’ संक्षिप्त सुची निकालिएको छ ।

छनौटमा परेका नाममा चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेप्सेका कृष्णबहादुर कार्की र सन्तोष श्रेष्ठ सर्टलिस्टमा परेका हुन् ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट रमेश हमाल कार्यकाल सकाएर  बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो । नेपाल धितोपत्र बोर्डको अध्यक्षका आकाङक्षि १९ जनाले आवेदन दिएका थिए ।

सो नाम मध्ये पाँचजना को नाम छनौटमा परेको हो । यो नाम मध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने छ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार