दोहोरो अङ्कले बढ्यो नेप्से

Prabhu

काठमाडौं । अघिल्लो साता कारोबारको  अन्तिम दिन  घटेर  बन्द भएको नेप्से  परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार  १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ  ।

नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड २१ लाखको कारोबार भएको छ । त्यस्तै सर्बोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावरको ७ करोड १९ लाख तथा रूरू हाइड्रोको ६ करोड ८८ लाखको कारोबार भएको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयर मूल्य ८.४७ प्रतिशत बढेको छ । त्यस्तै रुरु हाइड्रोको शेयर मूल्य ८.१८ प्रतिशत, अपार हेवा खोला हाइड्रोको शेयर मूल्य ७.२५ प्रतिशत तथा सर्वोत्तम सिमेन्टको शेयर मूल्य ६.५४ प्रतिशत बढेको छ ।

आज पिपुल्स पावरको शेयर मूल्य सर्वाधिक ७.४६ प्रतिशतले घटेको छ भने खानीखोला हाइड्रोको शेयर मूल्य ५.४७ प्रतिसहत घटेको छ । त्यस्तै सुर्यज्योति लाइफको शेयर मूल्य ४.९७ प्रतिशत तथा गुराँस लघुवित्तको शेयर मूल्य ४.६८ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार