१५.४१ अंकले घट्यो सेयर बजार

Prabhu

काठमाडौं । नेप्से परिसुचाङ्क आज साताको दोस्रो दिन सोमबार १५.४१ अंकले घटेको छ । सोमबार १५.४१ अंकले घट्दा नेप्से १९६९.०२ बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज २ अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैयाँ १९ पैसाको कारोबार भएको छ । सोमबार बैंकिङ समूह ६.५२, विकास बैंक ३७.३८, फाइनान्स ४१.८०, होटेल र पर्यटन १७, हाइड्रोपावर २२.१८, लगानी सूचक ०.४५, जीवन बिमा ७९.९८, उत्पादन ७९.४२, माइक्रोफाइनान्स ३८.७१, निर्जिबन बिमा ५६.२१ अंकले घटेको छ । व्यापार १२.१६ र अन्य ८.२० अंकले घटेको छ । सोमबार ५६ लाख ५६ हजार दुई सय ८२ कित्ता सेयर कारोबार हुदाँ गोर्खाज फाइनान्सको सर्वाधिक ११ करोड ५४ लाखको कारोबार भएको छ । त्यस्तै जोशी हाइड्रोपावरको १० करोड १० लाख ६८ हजारको , सर्बोत्तम सिमेन्टको पाँच करोड ८४ लाख ६९ हजार, सोनापुर मिनरल्सको चार करोड ८९ लाख र आइएमइ लाइफ इन्स्योरेन्सको चार करोड ६८ लाख बराबरको कारोबार भएको छ ।
सोमबार म्यच्युल फण्ड समूहले कमाउदाँ अन्य सूचकहरुले भने गुमाउनु परेको छ । आज पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढेको छ भने प्रभु स्मार्ट फण्ड ५.८० प्रतिशत, कुमारी योजनाको ४.९० प्रतिशत, प्रभु बैक डिभेन्चरको ४.९० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार