दोहोरो अंकले बढ्यो सेयर बजार

Prabhu

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर ओरोलो लागेको सेयर बजार आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ मा अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ६८ लाख ७८ हजार १ सय ५९ कित्ता कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ।

आइतबार व्यापार बाहेक अन्य सूचकहरु बढेको हो ।आइतबार बैंकिङ समूह २.५५, विकास बैंक ८५.८५, फाइनान्स ८१.८९ , होटेल र पर्यटन ३८.३३, हाइड्रोपावर १०.५१, जीवन बिमा ७२.३०, उत्पादन समूह ५.०९, माइक्रोफाइनान्स ५४.९१,म्युचअल फण्ड ०.०७, र्नििर्जवन बिमा १०८.३१ र अन्य १०.७६ अंकले बढ्दा व्यापार समूह भने ९.५२ अंकले घट्न पुगेको छ । आइतबार सबैभन्दा बढी कारोबार पोखारा फाइनान्सको भयो । पोखारा फइनान्सको १३ करोड ५ लाख ९२ हजार रुपैयाँ, मल्टिप्रपोज फाइनान्सको १० करोड ९९ लाख ३८ हजार रुपैयाँ, पिपुल्स पावरको ८ करोड ५८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख  ५५ हजार रुपैयाँ र नेपाल फाइनान्सको ६ करोड ७३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भयो । आइतबार सबैभन्दा बढी कमाउनेमा पोखारा फाइनान्स र प्रोगेसिभ फाइनान्स रहँदा सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर र एनआएसि एसिया ग्रोथ फण्ड रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार