पोखरा फाइनान्स सहित उच्च कारोबार हुने १० वटा कम्पनी , यस्ता छन्

Prabhu

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर ओरोलो लागेको सेयर बजार आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ मा अंकमा पुगेको छ । आइतबार ६८ लाख ७८ हजार १ सय ५९ कित्ता कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ।

आइतबार सबैभन्दा बढी कारोबार १० वटा कम्पनीमध्ये पोखारा फाइनान्स पहिलो स्थानमा बस्यो । पोखारा फाइनान्सको १३ करोड ५ लाख ९२ हजार रुपैयाँ, मल्टिप्रपोज फाइनान्सको १० करोड ९९ लाख ३८ हजार रुपैयाँ, पिपुल्स पावरको ८ करोड ५८ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ८ करोड ५८ लाख  ५५ हजार रुपैयाँ र नेपाल फाइनान्सको ६ करोड ७३ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै रिलायन्स फाइनान्सको ६ करोड ४४ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ६ लाख रुपैयाँ, समृद्धि फाइनान्सको ५ करोड ७५ लाख रुपैयाँ
आइएमई लाइफको ५ करोड ७३ लाख रुपैयाँ र बेस्ट फाइनानसको ४ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार