सिंगटी हाइड्रोको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सुचीकृति

Prabhu

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको छ। बिहीबार कम्पनीले निष्काशन गरेको १ सय प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर  नेप्सेमा सुचीकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले उृक्त शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

कम्पनीले २०८० पुस २१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ बराबर १) शेयरको अनुपातमा प्रति शेयर १ सय रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार