नेप्सेमा २२ अर्ब ६९ करोड विकास ऋणपत्र सूचीकृत

Prabhu

काठमाडौं ।नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्धारा निष्काशन भएको ३ वटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । २२ अर्ब ६९ करोड रुपैयाँ बराबरको ३ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको छ ।सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रूपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ।

नेप्सेका अनुसार २०८८ ‘ज’, २०८८ ‘झ’ र २०८६ ‘ड’ गरी तीन वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो । जसमा २०८८ ‘ज’ मा ७ अर्ब रुपैयाँ, २०८८ ‘झ’ मा ८ अर्ब रुपैयाँ र २०८६ ‘ड’ मा ७ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । २०८८ ‘ज’ को लागि ५ दशमलव ९२ प्रतिशत, २०८८ ‘झ’ को लागि ५ दशमलव ७४ प्रतिशत र २०८६ ‘ड’ को लागि ५ दशमलव ४८ प्रतिशत ब्याजदर तोकिएको छ । अवधि भने क्रमशः ८÷८ वर्ष र ६ वर्षको लागि अवधि तोकिएको छ ।

नेप्सेको अनुसार राष्ट्र बैंकद्धारा निष्काशन गरिएका विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय ८ अनुसार गत बिहीबारको निर्णयअनुरुप नेप्सेमा सूचीकरण गरिएको हो । नेप्सेका अनुसार गत माघ २६ गते २०८८ ‘ज’, गत फागुन ३० गते २०८८ ‘झ’ र गत चैत ९ गने २०८६ ‘ड’ विकास ऋणपत्र निष्कासन गरिएको हो । ८ देखि ६ वर्ष वर्ष अवधि राखिएको विकास ऋणपत्रको भुक्तानी भने २०८८ ‘ज’ को २०८८ माघ २६ गते, २०८८ ‘झ’ को २०८८ फागुन ३० गते र २०८६ ‘ड’ को २०८६ चैत ९ गते भुक्तानी अवधि तोकिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार