सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न प्रस्ताबित लाभांस पारित

Prabhu

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ  ।

साधारणसभाले सञ्चालक समितिको आर्थिक बर्ष २०७९÷०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको  २०७९  पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९÷०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९-०८० को नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल सहित पारित गरेको हो ।

साधारणसभाले आर्थिक बर्ष २०८०÷०८१ को लागि सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी रु. ४,५४,५५,७२,१००।– (अक्षरेपी चार अर्ब चवन्न करोड पचपन्न लाख बहत्तर हजार एक सय मात्र) को १०.२६ प्रतिशतका दरले हुने रकम रु.४६,६३,७५,६९७-४६ (अक्षरेपी छयालिस करोड त्रिसठ्ठी लाख पचहत्तर हजार छ सय सन्तानब्बे र पैसा छयालिस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस शेयर वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गरी रु.५,०१,१९,४७,७९७-४६ पु¥याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी रु.४,५४,५५,७२,१००।– को २४.७४ प्रतिशतका दरले हुने रकम रु.१,१२,४५,७४,५३७-५४ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार