दोहोरो अंकले घट्यो सेयर, माइक्रोफाइनान्स र निर्जिबनले कमाउँदा बाँकी सम्पूर्ण समूहले गुमाए

Prabhu

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार एकल अंकले घटेर बन्द भएको नेप्से आइतबार २४ दशमलव ५८ अंकले घटेर सेयर बजार १ हजार ९ सय ७४ दशमलव ३७ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव ८६ अंकले घटेर ३ सय ५१ दशमलव १८ अंकमा पुगेको छ ।

आइतबार कुल ३ सय १६ कम्पनीको ९७ लाख ६२ हजार ८ सय ३ कित्ता सेयर कारोबार भयो । आइतबार बजार पुँजीकरण भने ३१ खर्ब ३० अर्ब ६१ करोड ७६ लाख रुपैयाँ रह्यो । आइतबार ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार हुदाँ ४२ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ९६ वटा कम्पनीको मुल्य घट्यो र ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

त्यस्तै , आइतबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ११ वटा उपसमूहको सेयर मूल्य आरोलो लाग्दा २ वटा उपसमूहको मूल्य भने उकालो लागेको हो । जसमा माइक्रोफाइनान्स र निर्जिबन बिमा रहेको छ । बैकिङ ११ दशमलव ४२, विकास बैंक १०९ दशमलव १६, फाइनान्स ४४ दशमलव ६०, होटल तथा पर्यटन ८५ दशमलव १० , जलविद्युत ३८ दशमलव ४६, लगानी ० दशमलव ९९, जीवन बिमा १७३ दशमलव ८७, उत्पादन १५५ दशमलव ७१ , म्युुचअल फण्ड ० दशमलव ०३, व्यापार १३ दशमलव ५७ र अन्य १३ दशमलव ३२ अंकले घट्को छ । माइक्रोफाइनान्स ६ दशमलव ८४ र निर्जिबन बिमा ४ दशमलव २९ अंकले बढेको हो ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालयन डिष्ट्रीलरी, पोखारा फाइनान्स, , आइएमई लाइफ इन्स्योरेन्स र साइन रेसुँगा विकास बैंक रह्यो । नेपाल फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँ, हिमालयन डिष्ट्रीलरीको ११ करोड ९० लाख रुपैयाँ, पोखारा फाइनान्सको ११ करोड ७० लाख रुपैयाँ , आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड ५ लाख रुपैयाँ र साइन रेसुँगा विकास बैंक ९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्यस्तै, आइतबार सबैभन्दा बढी कमाउनेमा डोल्टी पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त, केबिएल डिबेन्चर र नबिल ब्यालन्स फण्ड ३ रहे भने सबैभन्दा बढी गुमाउनेमा पिपुल्स पावर, सिगटी हाइड्रो , हिमालय डिष्टीलरी, जानकी फाइनान्स र बोटर्लस नेपाल रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार