हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत

Prabhu

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन रिइन्स्योरेन्सको ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ४ प्रतिशत बाेनस बापतकाे ४० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । फागुन २० गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार