लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज

Prabhu

काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ ।

हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता पूँजी बृद्धि गर्ने उद्देश्यले २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सो निर्णय आज सार्वजनिक भए लगत्तै विवादमा परेको हो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफको सो निर्णय खारेज गरिएको जनाएको छ । हाल लेखा समितिमा विवादित अवस्थामा रहेको प्रिमियम मूल्यको शेयर बिक्री बापत शेयर प्रिमियम खातामा राखिएको रकमबाट उक्त लाभांश दिन लागिएकोमा नियामकले रोकेको हो । लेखा समितिमा छानविनकै क्रममा रहेकोले प्रिमियम मूल्यमा बिक्री गरिएको शेयर बापतको रकम वितरण गर्न अनुमति दिएमा बीमा प्राधिकरणमाथि नै संसदीय अवहेलनाको आरोप लाग्नेछ । यस्तै कारण परेका कारण यसअघि आइएमई लाइफको लाभांश पनि सच्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार