नेप्से १५.६२ अंकले घट्यो , कारोबार रकम झण्डै ३ अर्ब

Prabhu

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १५.६२ अंकले घटेर १ हजार ९ सय ५८.६२ अंकमा ओर्लेको छ । आइतबारको तुलनामा यो ८.९६ अंकले कम हो । आइतबार २४.५८ अंकले घटेको सेयर बजार सोमबार पनि आरोलो लागेको हो । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.३८ अंकले घटेर ३ सय ४७ दशमलव ८० बिन्दुमा खुम्चिएको थियो ।

सोमबार ३ सय १० वटा कम्पनीको ४८ हजार ७ सय ९ पटक कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब ८९ करोड १३ लाख १९ हजार रुपैयाँ रहन पुग्यो । सोमबार बजार पुँजीकरण भने ३१ खर्ब ५ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ रह्यो ।
सोमबार ६२ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ७७ वटा कम्पनीको मुल्य घट्यो र ७ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।
त्यस्तै , सोमबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण १२ वटा उपसमूहको सेयर मूल्य आरोलो लाग्दा १ वटा उपसमूहको मूल्य भने उकालो लागेको हो । जसमा विकास बैंक रहेको छ । बैकिङ ६ दशमलव ४९, फाइनान्स ४२ दशमलव १४, होटल तथा पर्यटन ८ दशमलव ४० , जलविद्युत १० दशमलव ६५, लगानी ० दशमलव ४५, जीवन बिमा ४६ दशमलव ०५, उत्पादन १७ दशमलव ९६ , माइक्रोफाइनान्स ७५ दशमलव ६९, म्युुचअल फण्ड ० दशमलव ०२,निर्जिबन बिमा ११२.६०, अन्य २७दशमलव २२ र व्यापार २१ दशमलव ४९ अंकले घट्को छ । विकास बैंक भने ९ दशमलव ३३ अंकले बढेको हो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, पोखारा फाइनान्स, हिमालयन रिइन्स्योरेन्स र गोर्खाज फाइनान्स रह्यो । सिटिजन लाइफ इन्स्योरेन्सको ३१ करोड ९८ लाख रुपैयाँ , नेपाल फाइनान्सको १० करोड ८१ लाख रुपैयाँ, पोखारा फाइनान्सको ९ करोड ८० लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ६ करोड ६५ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयाँ कारोबार भयो ।

त्यस्तै, सोमबार  सबैभन्दा बढी कमाउनेमा बोटर्लस नेपाल, माउन्टेन हाइड्रो, सिवाइसि लघुवित्त, दिब्यश्वरी हाइड्रो , बाराही हाइड्रो रह्यो भने सबैभन्दा बढी गुमाउनेमा पोखरा फाइनान्स , डोल्टी हाइड्रो, पिपुल्स पावर, समता घरेलु लघुवित्त र नाडेप लघुवित्त रहे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार