कोक बेच्ने बोटलर्स नेपालको ६ महिनाको व्यापार साढे ४ अर्ब, करिब साढे ३ अर्ब कर्जा लिने योजनामा

Prabhu

काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा साढे चार अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको हो।

आव २०७९/८० मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ, आव २०७८/७९ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०७७/७८ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

सन् १९७९ स्थापना भएको बोटलर्स नेपालमा ७६ प्रतिशत हिस्सा एम/एस कोका–कोला साउथवेस्ट होल्डिङको र गोर्खा ब्रुअरी प्रालिको २२ प्रतिशत र सर्वसाधरण लगानीकर्ताको २ प्रतिशत सेयर स्वामित्व छ।

नेपाली बजारमा पेय पदार्थ सेग्मेन्टमा ठूलो बजार हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार