CLI
Global College

प्रभु महालक्ष्मी जीबन बीमा कम्पनीको नाफा २६ करोड ८९ लाख 

काठमाडौं । प्रभु महालक्ष्मी जीबन बीमा कम्पनीको आर्थिक वर्ष २०८०\८१ को तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ   ।

प्रकाशित बिबरण अनुसार समीक्षा अवधिसम्म प्रभु महालक्ष्मीले २६ करोड ८९ लाख  नाफा आर्जन गरेको छ । गत  आर्थिक वर्षको यहि  समयमा  कम्पनीको नाफा  १९ करोड ३८ लाख रहेको थियो। गतबर्षको सोही अवधिको तुलनामा कम्पनीले  ३८.७५ नाफा बृदी गरेको छ ।

प्रकाशित रिपोर्ट अनुसार  कम्पनीको महाविपत्ति कोषमा ८ करोड ७६ लाख रिटेन्ड अर्निङमा ७५ करोड ५५ लाख रहेको छ। कम्पनीले गतवर्षको असार मसान्तसम्मको तुलनामा महाविपत्ति कोष र रिटेन्ड अर्निङको आकार क्रमशः १८.१२ प्रतिशत र ५०.२८ प्रतिशतले बढाएको छ । कम्पनीको  गत वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ७ करोड ४१ लाख र रिटेन्ड अर्निङमा ५० करोड २७ लाख थियो।

चालु आर्थिक बर्षको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६ करोड कुल बीमाशुल्क आर्जन गरेको छ । गतबर्ष सोही अवधिमा  कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत बर्ष आर्थिक वर्षको अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ९९.५३ प्रतिशत बृदी गरेको छ ।

कम्पनीले यो अवधिमा  २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४६ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क १०२.८४ प्रतिशतले बढेको छ।

शेयर पुँजी ४ अर्ब २९ करोड रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ८.२३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.९२ रुपैयाँ थियो। पीई रेसियो ६१.३१ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३.३५ रुपैयाँ रहेको छ।

 

Leave Your Comment

Related News