अधिकांस तरकारीको मुल्य बढ्यो

काठमाडौं । आज कालिमाटी बजार बिकास समितिले जनाए अनुसार तने बोडिको मुल्य अत्याधिक बढेको छ हिजो प्रति के जि ८८ रुपैँयामा कारोबार भएको तने बोडि आज ११० रुपैया पुगेको छ हिजो प्रति के जि १६३ मा कारोबार भएको मटरकोशा आज १९० रुपैँया पुगेको छ । घिउ सिमि लोकल ७५ रुयैयाबाट ८६ रुपैँया पुगेको छ ।  यसैगरी घिरौला चिचिण्डो झिगुनि को मुल्य पनि बढेको छ   । भिण्डि चंसुर साग, मेथिको साग, चुकन्दर, ब्रोकाउली सौफको साग कागति को मुल्य पनि बढेको छ आज अधिकांस तरकारी तथा फलफुलको मुल्य बृदी भएको कालिमाटी तरकारी तथा फलफुल बाजार बिकास समितिले जनाएको छ ।

केहि तरकारी भने हिजोको तुलनामा मुल्य घटेको छ  आज  कालिमाटि फलफुल तथा तरकारी बजार बिकास  समितिले जनाए अनुसार  भटमास कोसा प्रतिकेझि आज १० प्रतिसतले मुल्य घटेको छ । लौका को नुल्य गोलभेडा सानो टनेलको मुल्य पनि प्रतिकेजी १ रुपैयाले घटेको छ ।  सेतो मुला भारतियको मुल्य  दल् सेतो मुला हाईब्रेडको मुल्य पनि ५.५२ प्रतिसतले घटेको छ  तोरीको साग प्रतिकेजी १० रुपैँयाले घटेको छ  भने डल्ले च्याउ प्रति के जी १८ रुपैँया घटेको छ । सजिबन र जिरिको सागको मुल्य पनि हिजोको तुलनामा घटेको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार