RE
Global College

मेघगर्जन, चट्याङ र हावा हुरीसहित मध्यम खालको बर्षा हुने

काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल (आइतबार बिहान) गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका पहाडी भूभागका थोरै  स्थान, लुम्बिनी प्रदेशको तराईको भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोसी, मधेश, बागमती, गण्डकी  र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ।

राति कोसी  प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ र हवा हुरीसहित हल्का वर्षाको सम्भावना छ। राति कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।

 

NECO

Leave Your Comment

Related News