शिक्षा मन्त्रालयका लागि २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

काठमाडौं । विद्यालय तहमा प्रदान गरिने सबैभ छात्रवृत्तिको लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । विद्याथीको क्षमता अनुरुप करियर काउन्सलिङ कार्यक्रम सञ्चालन गरिनेछ , भुगोल जनसंख्याका लगायतका आधारमा विद्यालयको रेखांकन गरिएको छ । पाँच सय विद्यालयमा शौचालय निर्माण गरिनेछ , विद्यालयलाई धारा निर्माण गरिने छ । स्टार्ट अप उद्यमीको सहकार्यमा १२ कक्षा उत्तिर्णलाई सीपमुलक बनाइनेछ । श्रम बजारको मागको आधारमा प्रविधि विद्यालयको नक्सांनकन गरिनेछ ।

चिकित्सा क्षेत्रको लागि दिगोपन कायम गर्न कानुन संशोधन गरिनेछ । शैक्षिक कर्जाको समेत बजेटले व्यवस्था गरेको छ । धनगढीमा अवस्थित दशरथ कलेजलाई सञ्चालनमा ल्याइनेछ । विश्वविद्यालय मर्जर समेत गरिने बताइएको छ । विदेशी विद्यार्थीलाई भिसामा सहजीरकण गरिने र विश्वविद्यालय एकीकृत ऐन तर्जुमा गरिने छ । उच्च शिक्षाको लागि २१ अर्ब रकम विनियाजन गरिएका छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार