सुन १७ सयले बढ्दा, चाँदी २५ रुपैयाँले सस्तियो

काठमाडौं । शुक्रबार सुनको मुल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाला सुन प्रति १० ग्राम १ लाख २१ हजार ९१५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख २१ हजार ३१५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको लागि १ हजार ८७५ रुपैयाँ तोकिएको छ भने चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ६ सय ७.५ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार