RE
Global College

नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । नागरिक लगानी कोषले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांस पारित गर्न सभा बोलाएको हो ।

कम्पनीले असार ३१ गते, सोमबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डौंमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले शेयरधनी तथा सञ्चालकहरुको तर्फबाट एक एक जना प्रतिनिधि नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार २० गते बुधबार बुकक्लोज गर्ने भएको छ। जस अनुसार असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

NECO

Leave Your Comment

Related News