RE
Global College

रातो बन्दामा किलोमा १० रुपैयाँ घट्यो, धिरौलाको भाउ २० रुपैयाँले बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार रातो बन्दाको भाउ घटेको छ। बिहीबार औसतमा ५५ रुपैयाँ प्रति किलो किनबेच भएको रातो बन्दा शुक्रबार १० रुपैयाँ घटेर ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

घिरौलाको भाउ भने किलोमा २० रुपैयाँ बढेको छ। बिहीबार धिरौला ४५ रुपैयाँ प्रति केजी कारोबार भएको बिहीबार भने ६५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजारले जानकारी दिएको छ।

यस्तै ब्रोकाउलीको भाउ पनि बढेको छ। बिहीबार ९५ रुपैयाँमा किनबेच भएको ब्रोकाउली शुक्रबार ३७ प्रतिशतले बढेर १३० रुपैयाँ पुगेको छ।

तरकारीको मूल्य

NECO

Leave Your Comment

Related News