RE
Global College

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । आज छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ७ सय मुल्य रहेको छ । हिजो प्रति तोला छापावाल सुन १ लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।  हिजोको मुल्यमा ४ सयले  बढेको हो । हिजो प्रति तोला तेजाबी  सुन १लाख ४१ हजार ६ सय मा कारोबार भएको थियो हिजोको मुल्यमा ६ सयले  बढेर  १ लाख ४२ हजार २ सय कायम भएको छ।

चाँदी प्रति तोला १८ सय ५ रहेकोमा आज २० रुपैँयाले बढेर १८ सय २५ मा कारोबार भएको नेपाल सुनचाँदी ब्याबसायी महासघंले जनाएको छ ।

आज छापावा सुन प्रति १० ग्राम को मुल्य १ लाख २२ हजार ३ सय ४५ रहेको छ । हिजोको मुल्यमा ३ सय ४५ रुपैँयाले बढेको हो । तेजावी सुन प्रति १० ग्राम को मुल्य १ लाख २१ हजार ७ सय ४५ रहेको छ हिजो १ लाख ४१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुन प्रति १० ग्राम ३ सय ४५ रुपैयाले  बढेको छ । चादीँ प्रति १० ग्राम १५ सय ४७ रुपैँया ५० पैसामा कारोबार भएकोमा आज प्रति १० ग्रामको बढेर १५ सय ६४ रुपैँया ५० पैसा  कायम भएको छ।

 

NECO

Leave Your Comment

Related News