काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ हजार रुपैयाँले बढ्दै हालसम्म कै उच्च मूल्य बनेको हो । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँ र तेजावी सुन प्रतितालो १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी प्रतितोला २० रुपैयाँले मूल्य बढेको छ । आइतबारका लागि चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ तोकिएको छ । शक्रुबार चाँदी प्रतितोला १हजार ८ सय ७० रुपैँयामा कारोबार भएको थियो ।