RE
Global College

बन्दा, काउलीको भाउ घट्यो, लसुन र हरियो धनियाँको मूल्य आकासियो

काठमाडौं । कालीमाछी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारको मूल्य थोरैले घटेको छ।

बिहीबार औसतमा ४५ रुपैयाँ प्रति किलो किनबेच भएको लोकल बन्दा शुक्रबार ९ रुपैयाँ सस्तिएको छ। काउली स्थानीय र स्थानीय काउली (ज्यापु) को भाउ घटेको छ। बिहीबारको तुलनामा काउली स्थानीय १९ रुपैयाँ सस्तिएर ७६ रुपैयाँ भएको छ भने स्थानीय काउली (ज्यापु) २५ रुपैयाँले घटेर ९० रुपैयाँ प्रति किलो औसत मूल्य कायम भएको छ।

अधिकांश तरकारीको मूल्य थोरैले घटेको छ।

तर लसुन हरियोको मूल्य भने १४९ प्रतिशतले बढको छ। बुधबार औसतमा ९५ रुपैयाँ प्रति किलो कारोबार भएको लसुन हरियो आज २३६.६७ रुपैयाँ पुगेको छ। यस्तै हरियो धनिया प्रति केजी २०६.६६ रुपैयाँले बढेर ४८३.३३ रुपैयाँ पुगेको छ।

तरकारीको मूल्य यस्तो

NECO

Leave Your Comment

Related News