RE
Global College

जापान पठाउने संस्था सूचीकृत हुन निर्देशन

काठमाडौं । जापानमा नेपाली प्राविधिक अभ्यासर्थी पठाउन सूचीकृत हुन चाहने संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत हुन आग्रह गरिएको छ । वैदेशिक रोजगार विभागले जापान पठाउने चाहने नयाँ र पुराना संस्थाहरुलाई सूचीकृत हुन आग्रह गरेको हो । विभागले अबको १५ दिन भित्र सूचीकृत हुन आग्रह गरेको हो ।

असार अन्तिममा बसेको विभागका महानिर्देशक स्तरीय निर्णय गरी सूचीकृत हुन भनिएको हो । साथै यस पूर्व सुचिकृत भई नविकरण वहाल रहेका ईजाजतपत्रवाला संस्थाहरुले पुन ः सुचिकृत हुन नपर्ने बताइएको छ ।

विभागले मित्रराष्ट्र जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउन सुचिकृत हुन चाहने वैदेशिक रोजगार ऐन २०६४ को दफा ११ वमोजिम वैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इच्छुक ईजाजतपत्रवाला संस्थाहरुले नेपाली प्राबिधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोश्रो संशोधन, २०७१) को दफा १६ को उपदफा (२) तथा ( ३ ) वमोजिम सूचीकृत हुनको लागि आग्रह गरेको हो ।

NECO

Leave Your Comment

Related News