RE
Global College

प्रधानमन्त्री ओलीले मागे प्रतिनिधि सभामा विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत मागेका छन्।

संविधानको धारा ७६ (४) अनुसार आइतबारको प्रतिनिधि सभामा उनले विश्वासको मत मागेका हुन्।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

अहिले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहेको छ।

ओलीले विश्वासको मत माग्ने क्रममा ओलीले नेपाली कांग्रेससँग भएको ७ बुँदे सहमति सार्वजनिक गरेका थिए।

NECO

Leave Your Comment

Related News