RE
Global College

नागरिकलाई छिटो सेवा प्रवाह र विकासका काम अघि बढाउन प्रधानमन्त्रीले मंगलबार सचिवहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका काम अघि बढाउन मंगलबार सचिवहरुलाई निर्देशन दिने भएका छन्। आज आइतबार प्रधानमन्त्री ओलीले करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घन्टा सबै मन्त्रालयका सचिवको ब्रिफिङ सुनेका थिए।

‘नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई अगाडि बढाउन के के समस्या छन्, कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सचिवज्यूहरुले आ–आफ्ना मन्त्रालयको स्थितिबारे विस्तृतमा खुलेरै कुरा राख्नु भयो, भनिन्छ– समस्याको सही पहिचान नै आधा समाधान हो ।,’ ओलीले सामाजिक सञ्चालमा लेखेका छन्।

सोमबार उनले सचिवहरुका ब्रिफिङका विषयमा सोच्ने छन्। मंगलबार फेरि छलफल गरेर काम अघि बढाउने विषयमा निर्णय लिने ओलीले बताए।

NECO

Leave Your Comment

Related News