RE
Global College

लघुवित्त पीडतहरुले पुन: आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छन् ।

समितिले आज पत्रकार सम्मेलन मार्फत आफ्ना मागको सुनुवाई नभएको भन्दै पुन मागपत्र  पेश गरेरका छन् उनीहरुले अर्थतन्त्रभित्र रहेका विकृति र विसंगतिको अन्त्य, जनपक्षीय मौद्रिक नीति कायम गर्नुपर्ने, वित्तीय संस्थाहरुले लगाएको अन्यायपूर्ण ऋण मिनाहा गर्नुपर्ने, नीतिविपरीत काम गर्ने वित्तीय संस्थाहरु खारेज हुनुपर्ने, पीडितहरुको कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, वित्तीय शोषणबाट पीडितहरुलाई मुआब्जाको व्यवस्था गर्नुपर्ने र गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग राख्दै संघर्षका कार्यक्रम  घोषणा गरेका हुन ।

संघर्षका कार्यक्रम अन्तर्गत साउन १५ देखि ३० गतेसम्म सबै सम्बन्धित निकायहरुमा भेटघाट गर्ने, भदौ १ गतेदेखि देशभर वृहत दवाबमुलक कार्यक्रमहरु गर्ने, असोज १५ गतेसम्ममा देशभर जिल्ला भेलाहरु सम्पन्न गर्ने, कात्तिकदेखि लघुवित्त संस्थाहरुका कर्मचारीहरुलाई गाउँ प्रवेशमा रोक लगाउनेलगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

 

 

NECO

Leave Your Comment

Related News