RE
Global College

५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण

दमौली । गाउँघरमा गोरु पाल्ने प्रचलन हराउँदै गएपछि र कृषिमा यान्त्रिकीकरण गर्ने उद्देश्यले घिरिङ गाउँपालिकाले किसानलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ।

गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको हो।

कृषियन्त्र तथा औजार वितरणमा पचास प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत १९ लाख ६८ हजार बजेटमा ३२ वटा हातेट्याक्टर खरिद गरिएको थियो।

गाउँपालिकाका कृषि शाखा प्रमुख रवि रामदामका अनुसार प्रतिट्याक्टरको मूल्य ६१ हजार पाँच सय रहेकामा गाउँपालिकाले पचास प्रतिशत अनुदान व्यहोर्नेगरी छनोट भएका किसानलाई उनीहरूबाट ३० हजार ७५० रूपैयाँ लिएर प्रदान गरेको हो।

गाउँपालिकाले सबैलाई समान ढङ्गले अनुदान दिएकाले उत्पादनका आधारमा किसानलाई सम्मान गरिने पनि प्रमुख रवि रामदामले बताए।

‘कृषिमा आधुनिकीकरण जरुरी छ । हातेट्याक्टरले लागत घटाउनुका साथै समय पनि बचत हुन्छ,’ उनले भने।

NECO

Leave Your Comment

Related News