काठमाडौं । आज बिहिबार सुनको मूल्य बढेको छ । बुधबार तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ४६ हजार ६ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २५ हजार ६८५ रुपैयाँ तोकिएको छ ।
आज बिहिबार चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ६९० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ४४९ रुपैयाँ तोकिएको छ ।


