RE
Global College

सुनको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य १ हजार ५०० रुपैयाँले बढेको छ। बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको छ। बिहीबार प्रति तोला १ हजार ६९० मा कारोबार भएको चाँदा शुक्रबार १ हजार ७३० रुपैयाँ पुगेको छ।

NECO

Leave Your Comment

Related News