RE
Global College

कीर्तिमानी मूल्यमा पुग्यो सुन

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आइतबार छापावाल सुन हालसम्मको उच्च मूल्यमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य तीन हजार रुपैयाँले बढेको छ।

चाँदी प्रति तोला ५० रुपैयाँले बढेर एक हजार ८१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रति तोला एक हजार ७६० रुपैयाँमा कारोबार भएको थियो।

NECO

Leave Your Comment

Related News