RE
Global College

कीर्तिमानी मूल्यमा पुग्यो सुन

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। बुधबार सुन हालसम्मको उच्च मूल्यमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा करोबार भएको थियो।

यस अघि गत आइतबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ६०० रुपैयाँ कारोबार हुँदै कीर्तिमान कायम गरेको थियो। आइतबार पछिका दुई कारोबार दिनमा सुनको मूल्यमा सामान्य गिरावट आएको थियो। तर बुधबार ८०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान मूल्यमा पुगेको हो।

चाँदीको मूल्य १५ रुपैयाँ प्रति तोला बढेर एक हजार ८३५ रुपैयाँ कायम भएको छ।

NECO

Leave Your Comment

Related News