RE
Global College

प्रधान सेनापतिमा सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गरेका हुन्।

हाल कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई सेनापतिमा पदमा २०८१ भदौ २४ गते देखि लागु हुने गरी नियुक्त गरिएको बुधबार राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

NECO

Leave Your Comment

Related News