RE
Global College

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ। सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज छापावाल सुन प्रति तोला ३०० रुपैयाँले घटेको हो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रति तोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रति तोला एक हजार ७९५ रुपैयाँमा करोबार भएको थियो।

NECO

Leave Your Comment

Related News