RE
Global College

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बिहीबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार रुपैयाँमा करोबार भएको थियो। आज छापावाल सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो।

यस्तै चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला एक हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रति तोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

NECO

Leave Your Comment

Related News