काठमाडौं । सरकारी कर्मचारीको खाझा समय घटेको छ । सरकारले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै खाजा समय घटाइएको हो ।
सरकारी कर्मचारीको खाजा समय कानुनत आधा घण्टा भए पनि केही कतिपय कार्तलयमा १ घण्टा लिने गरेकोमा त्यसलाई घटाएर आधा घण्टा बनाइएको बताइएको छ ।
सो कुराको जानकारी प्रधामन्त्री के पि शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत जाकारी दिएका छन् उनेले भनेका छन् “सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ’। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।
उनले खाजा समय तोकिएको बिषयमा अटेर गरेमा हेलो सरकारकमा रिपोर्ट गर्न पनि भनेका छन् ।


