RE
Global College

सुनको मूल्यले नयाँ रेकर्ड छोयो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज बुधबार छापावाल सुन हालसम्मको उच्च विन्दुमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५३ हजार ४०० रुपैयाँमा करोबार भएको थियो ।

यस अघि गत भदौ २१ गते छापावाल सुन प्रति तोला एक लाख ५३ हजार ३०० रुपैयाँमा पुगेको थियो। उक्त मूल्य पछिका तीन कारोबार दिनमा भने सुनको मूल्यमा केही गिरावट आएको थियो।

साथै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रति तोला एक हजार ७८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रति तोला एक हजार ७६५ रुपैयाँमा करोबार भएको थियो ।

NECO

Leave Your Comment

Related News