RE
Global College

किन आकस्मिक रुपमा स्वदेश फर्किने भयो चिन भ्रमणमा रहेको रास्वपा भ्रमण टोली ?

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएको  रास्वपाको प्रतिनिधि मण्डल आकस्मिकरूपमा स्वदेश फर्किन लागेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको परिबर्तित  राजनीतिक घटनाक्रमको आधारमा  राखेर तत्काल फर्किन लागेको हो ।

उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ’, भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले बताए ।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुसरकार श्रेष्ठ छन् ।

 

 

NECO

Leave Your Comment

Related News