RE
Global College

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

ओलीलाई भाइरल ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए।

अस्वस्थ भएकोले प्रधानमन्त्री अत्यावश्यक बाहेक अरू भेटघाटमा सहभागी नभएको ओलीको सचिवालयले जनाँएको छ। अहिले प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन्।

NECO

Leave Your Comment

Related News