काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायीका अनुुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको प्रति तोला ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।


