RE
Global College

लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर आजबाट बिक्री सुरु

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज हकप्रद शेयर निष्काशन तथा बिक्री सुरु भएको छ । कम्पनीले कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेकाले बुक क्लोज अघि सम्म कायम शेयरधनीले  हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले  शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाइ तोकेको छ  ।

हकप्रद भर्ने शेयरधनीले  बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन, स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News