RE
Global College

नयाँ अध्यादेशको स्पीरिट अनुसार नियमावली र कार्यविधि ल्याउन चन्द्र ढकालको आग्रह

काठमाडौं । सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको स्पीरिटमा नियमावली र कार्यविधी बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारसङ आग्रह गरेका छन् ।
उनले सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताएका हुन्
” उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको लागि सरकारसङ लविङ गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो प्रयाप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ ।” उनले भने
अध्यादेशमा आएका कानुन कार्यान्वयनमा जटिलता आउन नहुने उनकाे जोड छ ।
प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा बोल्दै उनले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राखेका हुन्
यस्तै उहाँले प्लाष्टिकजन्य वस्तुको पुनः प्रयोगमा दिएका थिए
प्लास्टिक उद्योगले यसको उत्पादन, वितरण, बिक्री, र रिसाइक्लिङ प्रक्रिया गरि हजारौं व्यक्तिहरूलाई रोजगारको अवसर प्रदान गरेको उल्लेख गर्दै प्लास्टिकजन्य वस्तुको पुनः प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए
“प्लास्टिकजन्य वस्तुको प्रयोग कम गर्नु पर्ने कुराहरु छ्न । गुणस्तरमा पनि ध्यान दिन जरुरी छ । तर यसमा प्रयोग हुने कच्चा पदार्थका लागि विदेशीने मुद्रा खर्चिनु पर्ने अवस्था छ । पुनः प्रयोग गर्न सके यसको लागि विदेशीने मुद्रा जोगाउन सकिन्छ । ” उनले भन्ने ।

NECO

Leave Your Comment

Related News