RE
Global College

शिक्षक किताबखानामा घुससहित समातिएका प्रसाईविरुद्ध मुद्दा दायर

काठमाडौं । घुस रकमसहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ। अधिकारी कार्यालय सहयोगही हुन्।

अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस माग गरी लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा ३ लाख रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ।

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी हाल शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष छन्।

केही समयअघि अख्तियार प्रमुख प्रेमकुमार राईले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी संगठनका नेताहरूका कारण भ्रष्टाचार बढेको अभिव्यक्ति दिएका थिए।

NECO

Leave Your Comment

Related News