काठमाडौं । सरकारले हवाई क्षेत्रको सुधारका लागि दुई वटा विद्येयक संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा दर्ता गराएको छ । जसमा नेपाल नागरिक उडडयान प्राधिकरण विद्येयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक , २०८१ रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडडयान मन्त्रालयले शनिबार उक्त विद्येयकहरु प्रतिनिधि सभामा दर्ता गराएको हो । मन्त्रालयले नेपालमा आधुनिक, सुविधायुक्त र अन्तराष्ट्रिय मादण्ड अनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेशन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक २०८१ दर्ता गरेको बताएको छ ।
नागरिक उडडयान प्राधिकरण विद्येयक, २०८१ जारी भएपछि हवाई यातायात जस्तो हवाई यात्रुको सुरक्षा गाँसिएको सम्बेदनशिल क्षेत्रमा नियमनकारी र सेवाप्रदायी कार्यहरु छुट्टाछुट्टै संस्थाबाट सम्पादन हुने भई विद्यमान स्वार्थको द्वण्द्व अन्त्य हुनेछ। नियमनकारी कार्यलाई अझ स्वायत्त र सशक्त बनाई एयर नेभिगेशन सेवा, विमानस्थल संचालन सेवा र उड्डयन तालिम संस्था समेत नियमनको दायरामा आई हवाई सेवा थप सुरक्षित हुनेछ। नेपालको नागरिक उड्डयनको सम्बन्धमा विद्यमान (आइकाओ) तथा युरोपियन युनियन (ईयु) को उडान सुरक्षा चासो समेत सम्बोधन गर्न सघाउ पुग्ने बताइएको छ । साथै नागरिक उड्डयन क्षेत्रमा हाल भइरहेका कार्यहरु विशिष्टिकृत रुपमा संचालन भई सेवाको गुणस्तर अभिबृद्धि हुने उद्देश्य राखिएको छ ।


