RE
Global College

केक र चिकेन तन्दुरीमा अखाद्य वस्तु भेटे सँगै खाद्यले गर्यो नष्ट

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केक वा केकजन्य पदार्थ र चिकेन तन्दुरी नष्ट गरेको छ ।

विभागले पत्रिकामाथि राखेर बनाइएको केक वा केकजन्य पदार्थ नष्ट गरेको हो।

केक बनाउने क्रममा आवश्यक कच्चा पदार्थ पत्रिका (मसी प्रयोग गरिएको) माथि राखेर बनाइएको पाइएपछि केक नष्ट गरिएको विभागले जानकारी दिएको छ।

विभागले आइतबार मोबाइल फुड भ्यान सञ्चालन गरी भक्तपुरको दुइटा डेरी तथा बेकरी उद्योगमा अनुगन गरेको थियो।

अनुगमनका क्रममा गणेश बेकरीले पत्रिका प्रयोग गरि बनाइरहेको ६४ किलो केक तथा केक जन्य पदार्थ नष्ट गरेको हो।

उक्त उद्योगले दर्ता नगरी चलाएको पाइएपछि विभागले सम्बन्धित निकायमा उद्योग दर्ता गरेर विभागवाट अनुमति पत्र लिई मात्र प्रशोधित खाद्य पदार्थ उत्पादन तथा बजारमा बिक्रि वितरण गर्न निर्देशन दिएको छ।

हाल तत्कालको लागि उत्पादन–बिक्री–वितरण रोक्का राखिएको विभागले जनाएको छ।

त्यस्तै, गत शुक्रबार पनि बौद्धमा रहेको लभी प्रालिको किचन र भण्डारण कक्षको अनुगमनका क्रममा विभागले कृत्रिम रंग मिसावट गरी तयार गरेको चिकेन तन्दुरी नष्ट गरेको थियो।

NECO

Leave Your Comment

Related News