RE
Global College

झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार भेरी नदीमा बेपत्ता

सुर्खेत । सुर्खेतमा भोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका छन्। बुधबार जिल्लाको बराहताल गाउँपालिका–४ कुटास्थित भेरी नदीमाथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न दुई जना कामदार भेरी नदीमा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र वर्ष १८ का अर्जुन झाँक्री मगर रहेका छन्। उनीहरू बराहताल गाउँपालिका–४ को कुटादेखि चाम्री जोड्ने भेरी नदी माथि बन्न लागेको झोलुङ्गे पुल निर्माणमा संलग्न थिए।

प्रहरी चौकी बड्चिौरका प्रहरी सहायक निरिक्षक दिलिप बस्नेतका अनुसार उनीहरू बुधबार बिहान ११ः४५ बजेको समयमा बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा नदीमा खसेका थिए।

बस्नेतका अनुसार सशस्त्र प्रहरी बलको गोताखोर र स्थानीयको सहयोगमा उनीहरूको खोजी कार्य भइरहेको छ।

NECO

Leave Your Comment

Related News