RE
Global College

आज एकैदिन ७ संसदीय समितिको वैठक बस्दै

काठमाडौं । संघिय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय  सभा गरि आज माघ ३० गते एकैदिन ७ संसदीय समितिको बैठक बस्न लागेको छ । आज प्रतिनिधिसभा अन्तर्गत अर्थ समिति, उदोग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वैठक बस्न लागेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वैठक १.३० मा बस्नेछ  भने अन्य समितिका वैठक बिहान ११ बजे देखी ११.३० मा बस्ने छन्  ।

यता राष्ट्रिय सभा अन्तगतका २ वटा संसदीय समितको वैठक वस्न लागेका हुन आज राष्ट्रय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघिय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको वैठक वस्न लागेका हुन् ।

संगीय संसदको आज कुनैपनि बैठक बोलाइएको छैन । संघिय संसदका राष्ट्रिय सभा र प्रतिनिधि सभाको वैठक आगामी फागुन ४ गतेलाई तोकिएको छ ।

सभामुख देवराज घिमिरले संसद बैठक नबसेको दिन संसदीय समितिका कारबाही अघि बढाउन निर्देशन दिएका  थिए ।

प्रतिनिधि सभाको सोमबारको बैठकको अन्तिम समयमा उनले प्रतिनिधि सभा अन्तर्गत रहेका विभिन्न विषयगत समिति र समितिका सदस्यलाई बैठक नचलेको दिन समितिका काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् ।

सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘संघीय संसदको बैठक नचलेको दिनमा विषयगत समितिका काम कारबाही अघि बढाउन म समितिका सभापति र माननीय सदस्यको म ध्यानाकर्षण गराउँछु ।’

 

NECO

Leave Your Comment

Related News