RE
Global College

सप्तकोशी विकास बैंकको ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सप्तकोशी विकास बैंकले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि निवेदन दिएकाले उक्त शेयर बिक्रीमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार प्रतिकित्ता ४५० रुपैयाँका दरले शेयर खरिदका लागि आवेद दिन सकिनेछ ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक समूहका शेयरधनीहरूलाई नै दिनुपर्ने व्यवस्थाअनुरूप उक्त शेयर संस्थापक शेयरधनीले खरिद गर्न सक्ने सूचनामा उल्लेख छ । सूचनाअनुसार इच्छुकले ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

NECO

Leave Your Comment

Related News