CLI
Global College

महालक्ष्मी विकास बैंकको बोनस शेयर वितरण कार्य शुरु

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते सम्पन्न २३औं वार्षिक साधारणसभाले पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोले पुस १५ गतेसम्म यस बैंकको शेयर खरीद गरेका शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन्।

बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको बैंकले जनाएको छ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले सो गरेपछि बोनस शेयर स्वतः डिम्याट खातामा पठाइने बैंकले जानकारी दिएको छ।

बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Leave Your Comment

Related News