CLI
Global College

सिद्धार्थ बैंकको करिब ४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ९१ हजार ५७० कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले लिन चाहेको शेयर विवरण खुलाएर नक्सालस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नआएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Leave Your Comment

Related News